विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाले बनायो विशाल स्कोर, जितका लागि दियो ३८९ रनको लक्ष्य

काठमाण्डौँ - एक दिवसीय क्रिकेट विश्वकपको जारी खेलमा न्युजिल्यान्डविरुद्ध अस्ट्रेलिया ४९.२ ओभरमा अलआउट भएको छ ।

तर, अस्ट्रेलियाले विस्फोटक ब्याटिङ गर्दै न्युजिल्यान्डलाई जितका लागि विशाल लक्ष्य दिएको छ । अलआउट हुनुअघि अस्ट्रेलियाले ३८८ रनको विशाल स्कोर तयार पार्‍यो । यससँगै न्युजिल्यान्डले जितका लागि ३८९ रनको विजय लक्ष्य पाएको हो ।

अस्ट्रेलियका लागि ट्राभिस हेडले १०९ रनको शतकीय पाली खेलेका थिए । त्यस्तै डेभिड वार्नरले ८१ रन जोड्दै न्युजिल्यान्डविरुद्ध टिमका लागि उत्कृष्ट सुरुवात गराएका थिए । त्यस्तै मिचेल मार्सले ३६, स्टिभन स्मिथ १८, मार्नस लाबुसान्गे १८, ग्लिन म्याक्सवेल ४१, जोस इङ्लिस ३८, प्याट कमिन्सले ३७ रन बनाए । त्यस्तै मिचेल स्टार्क एक रनमा आउट हुँदा एडन जाम्पा शून्य रनमा पेबेलियन फर्किए । जोश हजेलउड शून्य रनमा नटआउट रहे । आज अस्ट्रेलियाले एक्स्ट्रा ९ रन पाएको थियो ।

बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ग्लिन फिलिप्सले समान ३र३ विकेट लिए । त्यस्तै मिचेल सान्टनरले २ विकेट लिँदा म्याट हेनरी र जेम्स नीसमले एकरएक विकेट लिएका थिए ।