रामेछापमा बाढीको वितण्डाः दुई पक्की पुल बगायो, काठमाडौँसँग सम्बन्ध टुट्यो

काठमाडौँ । अविरल बर्षासँगै आएको बाढीको कारण रामेछाप जिल्लाको लागि अपुरणिय क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीको कारण खैरनीघाट र खुर्कोटको पक्की पुल बगाएको छ ।

रामेछापवासीले लामो प्रतिक्षा गरेर निर्माण भएको दुवै पुल बगाएसँगै रामेछापवासीलाई ठूलो क्षति भएको छ दुवै पुल बगाएसँगै राजधानी काठमाडौँ र तराई जोडने दुवै सडक मार्गसँग सम्बन्ध विच्छेद भएको छ । काठमाडौँ जोडने अब सित्खाको एउटा पक्की पुल मात्र बाँकी रहेको छ ।

त्यसैगरी सित्खा र खुर्कोटमा रहेको रामेछाप सिन्धुली जोडने दुई वटा झोलुंगे पनि सुनकोसी नदीको बाढीले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहका अनुसार मन्थली नगरपालिका–फुलासीबाट दोलखा जोडने पक्की सडक बगाएको छ भने मन्थली हुँदै चिसापानी जाने सडक पूर्ण बगाएको छ ।

अविरल बर्षाको कारण जिल्लालाई आवश्यक पर्ने खाद्यान्न सहितका सामाग्री लिन र आवतजावत गर्न कठिन भएको छ ।