काठमाण्डौँ - पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १३ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।
त्यस्तै मल्टीपर्पस फाइनान्सको १० करोड ९९ लाख,पिपुल्स पावरको ९ करोड ८५ लाख,गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख र नेपाल फाइनान्सको ६ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।
यो दिन पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.८४ प्रतिशतले बढ्यो । आज प्रोग्रसिभ फाइनान्सको सेयरमूल्य ७.६२,श्री इन्भेष्टमेन्टको ६.८० प्रतिशत,वेष्ट फाइनान्सको ६.७८ र किसान लघुवित्तको सेयरमूल्य ५.९३ प्रतिशतले बढ्यो ।
आज रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ४.६३ प्रतिशतले घट्यो ।