काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आज सुन हालसम्मकै महँगो मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत कात्तिक ११ गते सुनको मूल्यले उच्च रेकर्ड बनाएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि १५ रूपैँयाले बढेको छ । आज चाँदी प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।