चाडपर्व लक्षित क्युआरटी टोली परिचालन

काठमाडौँ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले क्युआरटी टोली परिचालन गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नजिकिदैँ गरेको दशैँ, तिहार लगायतका चाडपर्व लक्षित परिचालनका लागि तयार गरेको शिघ्र प्रतिकार्य अर्थात् क्युआरटी टोली तयार पारेको हो ।

काठमाडौँ प्रहरी परिसरले अप्रत्याशित घटना तत्काल व्यवस्थापन गर्न उक्त टोली परिचालन गर्न तयारी गरेको छ ।