पहिरो लडेर भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध

काठमाडौँ । पहिरोको कारण भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदीमा वर्षासँगै आएको पहिरोले आज बिहानदेखि उक्त खण्ड बन्द भएको हो।

काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले मकवानपुरले अनुरोध गरेको छ ।

त्यस्तै पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन।

सो स्थानको पहिरो पनि हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड तथा पूर्व–पश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन्।