काठमाडाैं । आइतबार शेयर बजारमा २६ अर्बको कारोबार भएको छ । नेप्से परिसूचक १८ .४४ अंकले घटेर २ हजार ९६४८.२० विन्दुमा आइपुगेको छ । यो दिन बजारले एकवर्ष अघिको विन्दुमा आइपुगेको छ । बजारले तीन हजार विन्दु नाघेर पुन फर्किएको छ । यो दिन ३ हजार १२ विन्दुको उच्चतम् बजार मापन गरेर फर्र्किएको छ ।
यो दिन २२३ कम्पनीको ५ करोड ८६ लाख कित्ता शेयर किनबेचहुँदा २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ ।कम्पनीको १ अर्ब २० लाख रुपैयाँ कारोबार भएको छ । त्यस्तै, न्यादी ग्रुप पावर, नेपाल रिइन्स्योरेन्स कम्पनी, कालिका पावर कम्पनी,ग्रीनभेन्चरर्स लिमिटेडको ७ करोड ७०लाख रुपैयाँदेखि १ अर्बमाथिको कारोबार भएको छ ।
यो दिन समता घरेलु लघुवित्त वित्तीय संस्था, ट्रेड टावर, सान्भि इनर्जी, लुम्बिनी विकास बैंक र लक्ष्मी उन्नती कोषको शेयर मूल्य ७.८३ प्रतिशतदेखि १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंक,एनआईसी एशिया डिम्बेन्चर,राप्ति हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको शेयर मूल्य४.९९ प्रतिशतदेखि ६.३४ प्रतिशतसम्मले घटेका छन् ।