काठमाडौँ । सर्वसाधारणलाई संसद भवन अगाडी फुटपाथमा हिँड्न रोक लगाइएको छ ।
हिजो सोमबार लघुवित्तका ऋणीहरूको समूह नयाँ बानेश्वरको संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पार्न सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा सर्वसाधरणलाई हिँड्न रोक लगाएको हो ।
सिंहदरबारको पर्खालसँगैको फुटपाथ र सङ्घीय संसद् भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ ।
प्रहरी परिचालन गरेर त्यहाँ सर्वसाधारणलाई हिँड्न रोकिएको छ । फुटपाथबाट हिँड्न नदिएपछि पैदलयात्रीहरू सडकबाटै हिँड्नुपर्ने भएको छ ।