काठमाडौँ - नेकपा एमालेको आज सिरहाको विष्णुपरकट्टीमा बस्ने तय भएको केन्द्रीय सचिवालयको बैठक आगामी बुधबार अर्थात् भदौ १३ गते बस्ने भएको छ ।
आज जिल्लाको धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनिएको बैठक निरन्तरको वर्षाका कारण स्थगित गरेर नयाँ मिति तय गरेको हो ।
बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या सृजना भएपछि बैठक केही दिनका लागि स्थगित गरिएको थियो ।
एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो ।