काठमाडौँ । बाराको वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। निजगढ नगरपालिका- ५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो।
उनले सोही नगरपालिका–७ मा वर्कसप सञ्चालन गर्दै आएका थिए। विस्फोटमा परि ५ जना घाइते भएका छन् ।
सोही नगरपालिका वडा - ५ का ४५ वर्षीय सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देमान, २० वर्षीय रितु रजत, ३५ वर्षीय भारतीय नागरिक राकेश जयसवाल, २० वर्षीय अरविन साह घाइते भएका हुन् ।
घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।