काठमाडौँ । सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।
पछिल्लोपटक २१ अगष्टमा मकवानपुरमा पनि दुईजनामा हैजा पुष्टि भएको छ । ललितपुरमा सबैभन्दा धेरै ४७ जना संक्रमित भएका छन् ।
काठमाडौँमा ९, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
संक्रमित हुनेमा ३० जना महिला र ३७ पुरुष छन् । १४ वर्षमुनिका ९ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।