काठमाडौँ । । पत्रकार ऋषि धमलाले चलचित्र ‘भाइरल गोर्खे’ खेल्ने भएका छन् ।
चलचित्रमा शीर्षमध्ये एक भूमिकामा देखिने गरी उनी अनुबन्धित भएका हुन् । बिहीबार निर्माता पक्ष र धमलाबीच सहमति भएको छ ।
धमला चलचित्रमा पत्रकारको भूमिकामा देखिने भएका हुन् । धमलाले यसअघि पनि चलचित्रमा खेलिसकेका छन् ।
उनले यसअघि माल्भिका सुब्बाले निर्माण गरेको ‘हाउ फन्नी’मा अभिनय गरेका थिए ।