काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशतर्फका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
मधेसबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी भएका हुन्।
विजयी कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए। जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याइन्।
राष्ट्रिय सभाको निर्वाचनमा मधेसको १ सय ३६ पालिकाको सबै मत खसेको छ। प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरे।