जनकपुरधाम - मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो कार्यकालको करिब १५ महिना पूरा नहुँदै चौंथो पटक विश्वासको मत लिँदैछन् ।
प्रदेश सरकारबाट नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले फेरि विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । गत शुक्रबार कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले गत सोमबार कांग्रेसका मन्त्रीलाई हटाउँदै एमालेलाई सरकारमा प्रवेश गराएपछि कांग्रेसले समर्थन फिर्ता लिएको हो ।