नेविसंघले  विश्वकर्मा व्याटल अफ टाइटन्स-२ प्रतियोगिता आयोजना गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी संघले विश्वकर्मा व्याटल टाइटन्स २ प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले माघ १३, १४ र १५    गते बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने  जानकारी दिएको हो ।

प्रतियोगित काठमाडौँको दशरथ रंगशालामा हुने बताएको छ । नेपालको संविधानलाई अनुशरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको बताएको हो ।

प्रतियोगितामा मुख्यतः नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिष्पर्धा गर्ने नेविसंघका सभापति दुजाङ शेर्पाले बताए । कार्यक्रमका लागि आएका अतिथिहरुलाई संघले खानासहित आवासको सुविधा समेत उपलब्ध गराउने व्यस्था रहेको शेर्पाले बताए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई ३.५ लाख, दोस्रो हुनेले १.५ लाख, अन्य श्रेणीमा विजयी हुनेले १ लाख प्राप्त गर्नेछन् । सभापति शेर्पाले समग्र प्रतियोगिताको नगद पुरस्कार रकम ६ लाख तय गरिएको बताए । प्रतियोगिताको कुल अनुमानित लागत ३० लाख गरिएको बताए । सभापति शेर्पाले प्रतियोगिताले युवा पुस्तामा क्रिएटिभ हुन सहयोग पुग्ने बताए ।