आजपनि सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो

काठमाडौँ ।  नेपाल सुनचाँदी  व्यवसायी महासंघले आजपनि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । माघ ७ गतेदेखि स्थिर रहेको सुन माघ १० गतेसम्म स्थिर रहेको हो ।

आज बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । यो साताको आइतबारदेखि नै यही मूल्यमा सुनको कारोबार भइरहेको छ ।