काठमाडौँ । रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीका बुवाको मृत्यु भएको छ ।
सिन्धुली प्रहरीका अनुसार जिल्लाको भिमानमा मंगलबार ट्याक्टरले ती किशोरीको बुवालाई ठक्कर दिँदा दुर्घटना मृत्यु भएको हो।
यसैबीच आफन्तले उनलाई षड्यन्त्र गरेर मारिएको हुन सक्ने आशंका गरेका छन् । ती किशोरीका बुवाले केही दिनअघि मात्रै आफ्नी छोरीलाई भएको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए।
दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त हुन बाँकी छ।