ललितपुर- देउराली बहुद्देश्यी सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंले बचत कर्तालाइ ठग्ने नयाँ जुक्ति सुरू गरेका छन्। पछिल्लो समय बजारमा अधिंकाश सहकारी सञ्चालक भागिसकेकाे अवस्थामा चौलागाईंले भने नयाँ तरिका सुरू गरेका छन्। नभागेकाले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन्।ललितपुर जिल्लाको सातदोबाटोमा केन्द्रीय कार्यलयसहित भक्तपुर र न्युरोडमा समेत शाखा विस्तार गरि विगत केहीवर्ष देखि सञ्चालित ललितपुरकै सहकारी क्षेत्रमा एक नम्बरको देउराली बहुउद्देश्यीय सहकारी गत वर्षदेखि आर्थिक संकटमा फसेको थियो।
त्यो पनि यौन हिंस्रक चौलागाईंका कारण: चौलागाईंका निकट जानकारहरु भन्छन्: सहकारीका मायुर ठगी धन्दाका खेलाडी भनेर चिनिने रबिन्द्र चौलागाईंका कारण देउराली बहुउद्देश्यीय सहकारी संस्था डुव्यो हजारौंलाई पापीले सडकमा ल्यायाे।
काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं ६ वोक्से खाल्डे स्थित स्थायी ठेगाना भएका एक गरीव घरपरिवारका चौलागाईं जो काठमाडौं उपत्यकाको गरीबहरुलाई दिनदहाडै ठगिकाे नयाँ रूपधारण गरेर आर्थिकरुपमा चौलागाईंले गरिब निमुखाकाे पेटमा लाति हान्दै आफु कराेडाैंकाे गाडीमा हुइकिने गरेका छन्।
चौलागाईं स्वंयम वर्षमा दुईमहिना सम्म खान नपुग्ने गरिब घरपरिवारका व्यक्ति हुन यश सम्बन्धमा उनि नजिकका जानकारहरुले बताउँदै आएका छन्।
यस्तो छ चौलागाईंको दैनिकी: देउराली सहकारीका एक कर्मचारीले चौलागाईंको दैनिकी बारे यस्तो भन्छन्। जो कोही सर्वसाधरणले झट्ट हेर्दा चौलागाईंलाई राष्ट्रिय डनलाई नै माथ खुवाउने उनका पुरै आँखा डडेका देखिन्छन्।
यसरी गरेका छन् चौलागाईंले गरिबका रूपैयाँमाथि रजाइ: कान ठाडा भएका,करिव ५ लाखको रेवन कम्पनीको चस्मा लगाएका,करिव २० लाखको सुनको घाँटीमा कुकुरको जस्तो साङ्लो लगाएका,हातमा सुनका करिब १० लाखको ब्रास्लेट अनि ३५ लाखको घडी,करिव दुई लाखको इटालियन जुता,माईकल ज्याक्सनकोजस्तो पाईन्ट,हिराको औँठी,अत्याधुनिक मूल्य पर्ने क्यामारा जडित रेकर्डर सहितको पेन,त्यस्तै २३२९ नम्बरको बुलेट प्रुफ गाडी,उनको सुरक्षाको लागि मार्सलआर्टका खेलाडी अरू त के-के हाे के-के भनी साध्य छैन।
ठगी धन्दाका मायुर खेलाडी रवीन्द्र जब तारे होटल छिर्छन होटलका मालिक लुक-लुक काम्दै चौलागाईं लाई लिन गेटमै आइपुग्छन् अनि होटलका मालिक भन्छन् सरकार मैले के सेवा गरू केही म बाट गल्ती त भएकाे छैन नी? मेराे त हजुर भगवान हाे? मेराे सबै थाेक हजुर नै हाे सरकार ? त्यस्तै काभ्रेकाे गरिब घरपरिवारमा जन्मेकाे केटाे यस्ताे कसरी गर्न सक्ने भयाे। याे एउटा साेचनीए विषय बनेकाे छ।
देउराली सहकारीको नाममा ठगी धन्दा चलाँउदै आएका काभ्रेको चौरीदउरालिमा विगतमा फट्याइँ गरि समाजबाट लगभग बहिष्कार भई गन्हाएका मसलदार चौलागाईं उर्फ रबिन्द्र चौलागाईं जो कोही मानिसले हेर्दा डराउनु स्वभाविकै हो।
त्यसमाथि मसलदार उनका पहेरेदार उनको पहरेदार मात्रा करिव २५ जना सम्म हुने गर्छन् जसमा चौलागाईं सँग जो कडा बाेल्छ्न् त्यो सायद यमराजको ढोका दक्षिण दिशातिर नजालान भन्न सकिन्न। कसरी गरिबका पैसा लुटेकाे छ भन्ने कुरा यी सामान्य उदारण नै काफि देखिएका छन्।
त्यसैगरी ललितपुर धापाखेलका करिव दुई करोडका बचतकर्ता मञ्जु भण्डारी भन्छिन- देउराली सहकारीको नाममा काभ्रेको एउटा फटाह चौलागाईंले मलाई घरवारविहीन बनायो अहिले आएर मैले फोन गरेर म घरवारविहीन हुन थाले जोगाउनु पर्यो भन्दा उल्टै धम्कीपूर्ण भाषामा उनले भने ओई फ्याउरी बढ्ता बक-बक गर्ने होइन तेरो पैसा म तिर्दिन जे सक्छेस गर। र एउटा कुरा याद गर ललितपुरको डन मीन कृष्ण र काभ्रेको डन गणेशलामा लाई चिन्छेस् होला नी ? उनका यस्ता धम्कीपूर्ण भाषाले के पुष्टि हुन्छ भने ललितपुरका डन मिनकृष्ण महर्जन र काभ्रेका डन गणेश लामाको सहकारी ठगी धन्दाको मायुर खेलाडी चौलागाईं लाई आशिर्वाद रहेकाे सहजै पुष्टि गर्न सकिन्छ।
देउराली सहकारीका बचतकर्ताहरुको अबाैंरुपैयाँ झ्वाम पारी १५/२२ वर्षकी सुन्दरीहरुसँग रोमान्स गर्दै आएकाे समेत खुलासा भएकाे छ। त्यस्तै चौलागाईंले बारम्बार नाम लिन्छन काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलको,चौलागाईं स्वयंमले बताउँदै आएका छन् की एसपी कुमोध ढुंगेल र म जोडा हौँ। मलाइ अब कसैले केही गर्न सक्दैन सबै ठाउँ मिलाइ सकेकाे छु।
चौलागाईंले एसपी कुमोध ढुंगेललाई करिव १० करोड दिएको बताउँदै आएका छन् भने सातदोबाटोमा केही समय अगाडी कार्यरत रहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुभास केसी लाई लाखौं रुपैयाँ दिएको स्वयं चौलागाईंले चिया कफि पसलमा बताउँदै हिँड्ने गरेका छन्।
ललितपुरका एक नामचलेका पत्रकार भन्छन् इन्स्पेक्टर सुवास केसी भ्रष्ट हुन गुरुङ थरका एक जना पिडितसँग समेत उनले घुस लिएकाे बताए।
अब पुष्टि हुन्छकि ललितपुर सातदोबाटोका पूर्वइन्स्पेक्टर कति घुस्याहा रहेछन उनै इन्स्पेक्टर समेतलाई मोटो रकम खुवाइ वडिगार्ड राखेका वताँउछन सहकारीका मायुर खेलाडी एवम् करिव २५ हजार बतचकर्ताहरुलाई ठगी गरेका सहकारी ठगी धन्दाका बादसाह चौलागाईं।
गरिबले मकै पाेलेर,मजदुरी गरेर जम्मा गरेकाे रूपैयाँ फिर्ता दिने हाेइन उल्टै थर्काउने चौलागाईंलाइ हामीले सम्पर्क गर्न खाेज्दा उनले चलाउँदै आएकाे साे नं. 9851182930अफ गरेर कुन तारे हाेटलमा माेज मस्ति गर्दै रमाइ रहेका हाेलान।