नेप्से ५९ अंकले घट्यो, पाँच अर्ब ६६ करोडको कारोबार  

काठमाडौँँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५९.०२ अंकले घटेको छ । सोमबार नेप्से २.२८ प्रतिशतले घटेर २५२९.३३ को विन्दुमा पुगेको छ ।

यसदिन एक करोड ३३ लाख ३५ हजार ९०३ कित्ता सेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

नेपाल धितोपत्र बोर्ड (नेप्से) का अनुसार सोमबार कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक घटेको छ ।