काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । केही दिन अघिमात्रै नयाँ रेकर्ड राखेको सुनको मूल्य आज भने सामान्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आजका लागि भने एक लाख ५१ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।आज चाँदीको मूल्य एक हजार आठ सय १५ रुपैयाँले निर्धारण भएको छ ।