मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।

उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको पुर्जी जारी गरेको  थियो । 

प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ ।

प्रहरी अधिकारीका अनुसार एक महिलाले प्रसाईंका कारण आफ्नो चरित्र हत्या भएको र मानप्रतीष्ठामा गम्भीर चोट परेको भन्दै उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।