काठमाडौँ । रामेछापको सुनारपानीमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो सुनारपानीमा दुर्घटना हुँदा ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको हो।
बोलेरोमा सवार यात्रुमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। अन्य घाइतेको पनि उद्धार गरेर मन्थली अस्पतालमा पठाइएको छ।बोलेरो सडकबाट झण्डै २०० मिटर तल खसेको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ।