काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डिन आर थप्सनबीच भेटवार्ता भएको छ ।
ओली र थप्सनबीच ओली निवास बालकोटमै भेटवार्ता भएको हो ।
भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग आदानप्रदान साथै एमसिसी परियोजनालगायत विषयमा कुराकानी भएको बताइएको छ ।
भेटवार्तामा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई पनि सहभागी थिए।