काठमाडौं । थाइल्याण्डमा अलपत्र परेका १३ जना नेपालीको उद्धार भएको छ । उनीहरुलाई उद्धारसँगै नेपाल पठाइएको पनि
थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले जनाएको छ ।
दूतावासले एक विज्ञप्ति मार्फत् अलपत्र १३ नेपालीलाई उद्धार गरी नेपाल पठाइएको जानकारी दिएको हो।
थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकहरू अलपत्र परेका थिए । नेपाल एयरलाइन्सको उडानबाट १३ नेपालीहरूलाई नेपाल पठाइएको विज्ञप्तिमा बताइएको छ।
प्रतिक्रिया