काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा १३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसै गरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको १५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।