महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले महिलालाई नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छिन्।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा शुक्रबार उनले राजनीतिक तथा अन्य क्षेत्रमा पनि नेतृत्वमा पुग्न महिलका लागि धेरै चुनौती रहेको बताएकी हुन्।

‘महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरु पनि विकास भएका छन्, तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन्’, उनले भनिन्। 

लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको तर्क गरिन्।

राणाले कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेको बताइन्।

उनले नेपालमा पूर्ण लैङ्गिक समानता अहिलेसम्म हासिल हुन नसकेको भए पनि महिला सहभागिता बढ्दै जानु सकारात्मक रहेको उनको धारणा छ ।