काठमाडौँ - आइतबार नेप्से दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो ।
त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ । गत साता पाँचै दिन राताम्मे भएको शेयर बजारमा आज यो साताको पहिलो दिन दोहोरो अंकले बढेसँगै केही भए पनि राहत भएको छ ।
आज ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबर कारोबार भएका थिए । आज दुई समूहको उपसूचक डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको शेयर मूल्य घटेको थियो भने अन्य समूहको उपसूचक बढेका छन् ।
आज दोल्टी पावरको शेयर सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ भने पिपुल्स पावरको शेयर मूल्य सबैभन्दा बढी ७.६ प्रतिशतले घटेको थियो ।