काठमाडौँ । दैलेखमा २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
गुराँस गाउँपालिका–४ मुङग्रा बस्ने २१ वर्षीय धनबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका–६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।