काठमाडौँ । आज बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार ८८० रुपैयाँ कायम भएको नेपाल सुनाँदी महासंघले जनाएको छ ।