काठमाडौँ । सुनसरीको गढी गाउँपालिकामा टाउको छिनाएको अवस्थामा शव फेला परेको छ।
गढी गाउँपालिका– ६ मा बस्दै आएका ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको छिनाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
गढी–२ थलाहास्थित बालुवा र सिमेन्टको रिङ बनाउने उद्योगमा सोमवार विहान शव फेला परेको हो।
शव र टाउको अलग–अलग फेला परेकाले उनको घाँटी रेटेर हत्या भएको देखिएको सुनसरीका एसपी विपिन रेग्मीले बताए। हत्या गरिएका ऋषिदेव बालुवा र सिमेन्टको रिङ बनाउने काम गर्दै आएका थिए।