काठमाडौँ । सभामुख देपराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि सभामुख घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गरेका हुन् ।
आज बिहीबार सिंहदरबारमा भएको छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल भइरहेको बताइएको छ।
छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छन्। सत्ता समीकरण बदलिएर नयाँ सरकार बनेपछि सभामुखले प्रमुख सचेतकहरूसँग गरेको यो पहिलो छलफल हो।