नक्कली फेसबुक पेजले एभरेष्ट बैंक आत्तियो, यस्तो सूचना जारी !

काठमाण्डौँ - एभरेष्ट बैंक लिमिटेडको नाम प्रयोग गर्दै नक्काली पेज प्रयोग गर्दै विभिन्न सन्देश तथा डाउनलोडको सूचना आएपछि बैंक झस्किएको छ । बैंकले आफ्नो सामाजिक संजाल मार्फत सूचना जारी गर्दै बैंकको नक्कली फेसबुक पेजबाट सचेत रहन सबैमा आग्रह गरेको छ । 

बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच’को नामबाट नक्कली फेसबुक पेजको प्रयोग गईरहेकाले सचेत रहन बैंकले आग्रह गरेको हो ।  

बैंकले उक्त नक्कली पेजबाट आउने कुनै पनि अनुरोध तथा सन्देशहरु ध्यान नदिन र सचेत रहन समेत अनुरोध गरेको छ । बैंकको आधिकारीक पेजको पहिचान गर्नका लागि ब्लू टिक चेक गर्न पनि सूचना मार्फत बैंकले आग्रह गरेको छ ।