काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १४२ रुपैयाँ ३१ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १२ पैसा र बिक्री दर १६५ रुपैयाँ ८७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।