काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमवारका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजनिक गरेको छ । जसअनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दरमा १६० रुपैयाँ तथा बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५३ रुपैयाँ कायम भएको छ भने युरोपियन युरो एकको खरिद दर १३९.७२ रुपैयाँ तथा बिक्री दर १४०.३५ रुपैयाँमा कारोबार हुनेछ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.४४ रुपैयाँ र बिक्री दर १६२.१७ रुपैयाँले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८३.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.०२ रुपैयाँ तथा क्यानेडियन डलर खरिद दर ९७.३१ तथा बिक्रीदर ९७.७६ रुपैयाँ रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६० रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ र बिक्री दर २८.२४ रुपैयाँ कायम भएको छ ।