images

बढ्न थाल्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार  ?

काठमाडौं । नेपालीहरुको महान चाड दशैं तिहार नजिकिएसँगै  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ ।  

सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार २ हजार ५ सय ७५ मा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर २ हजार ५ सय ९५ रुपैयाँ कामय भएको छ । 
 

मङगलबार ३१ भौ २०८२ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया