काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
मंगलबार नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा बन्द भएको छ । नेप्सेमा आज २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज एसबीएल डिभेञ्चर र गुराँस फाइनान्सको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको यस दिन सेयर मूल्यमा क्रमशः ९.९९ र ९.९६ प्रतिशतले बढेको छ ।
आज रुरु जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले घटेको छ ।