images

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गरी पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो ।

प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले यस सम्बन्धमा निर्वाचन समितिबाट यथाशीघ्र अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रमसम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने बताए । 

संघको निर्वाचन काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते हुने भनिएको थियो भने काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ मा हुने गरी निधारित गरिएको थियो ।

केही समयअघि डा अजयकुमार मिश्रले दायर गरेको रिटमा पाटन उच्च अदालतले यथास्थितिमा निर्वाचन नगर्न अन्तिम आदेश जारी गरेको थियो । 


 

शुक्रबार​ २ माघ २०८२ ०५:१४ PM मा प्रकाशित

प्रतिक्रिया