आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानमाथि भारतको सानदार जित

 काठमाण्डौँ - आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा भारतले पाकिस्तानमाथि सानदार जित हासिल गरेको छ। अहमदाबादमा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य भारतले ३०।३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। 
लगातार तेस्रो जितसँगै भारत ६ अंकका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।

भारतको जितमा कप्तान रोहित शार्माले सर्वाधिक ८६ रनको योगदान दिए। उनले ६३ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए। 

त्यस्तै श्रेयस ऐयरले नटआउट रहँदै ५३ रन बनाए।
केएल राहुलले १९ तथा  शुभमन गिल र विराट कोहलीले १६–१६ रन बनाए। 

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२।५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।
पाकिस्तानले २० अक्टोबरमा अष्ट्रेलियासँग खेल्नेछ। भारत र न्युजिल्यान्डको समान ६ अंक छ।
आज इंग्ल्यान्डले अफगानिस्तानसँग खेल्नेछ ।