काठमाडौँ - आज बिहीबार प्रतिनिधि सभा बैठक बस्दैछ ।
दिउँसो ३ बस्ने बैठकमा सभामुख देवराज घिमिरेले संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने छन् ।
आज शोक प्रस्ताव प्रस्तुत गर्ने एक मात्रै सम्भावित कार्यसूची रहेको छ । यसैगरी, आजै दिउँसो २ः३१ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।