हेटौँडा - मकवानपुरको हेटौँडा उपमहानगरपालिका १ मा रहेको सन्चो अस्पतालका डाक्टरलाई कुटपिट गरेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।
एक महिनाअघि डेंगु संक्रमणबाट हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटपिट गरेका थिए ।
उनीहरूले अस्पताल भित्रै छिरेर डाक्टरलाई कुटपिट गरेका हुन् । सीसीटीभी फुटेजको आधारमा प्रहरीले यसअघि नै मृतक प्रधानकी श्रीमती रमा र छोरी रमितालाई पक्राउ गरेको थियो भने घटनामा संलग्न छोरा रोहीत र भतिज अनुप प्रधानलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।