काठमाडौँ । हास्यव्यंग्य कलाकार सागर लम्साल ‘बले’ ले सुटुक्क लगनगाँठो कसेका छन् । कलाकार बले आइतबार झापाकी स्नेहा दंगालसँ विवाह बन्धनमा बाँधिएका हुन् ।
बलेकी जीवन संगीनी स्नेहा पेशाले नर्स हुन् । उनले भक्तपुरको एक पार्टी प्यालेसमा विवाह गरेका हुन् ।
उनीहरुको मागी विवाह भइको बताइएको छ । विवाहमा उनका घर परिवार र नजिकको आफन्तलाई मात्रै बोलाइएको बुझिएको छ ।