काठमाडौँ । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ।
भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ भने बाँकी दुई जनाको परिचय खुल्न बाँकी रहेको छ ।
माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।