काठमाण्डौँ - नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १२४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९१ पैसा रहेको छ ।
यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा रहेको छ। यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ।