काठमाडौँ - संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।
सिंहदरबारस्थित संसद सचिवालय परिसरमा बिहान ११ः०० बजे उक्त बैठक बस्नेछ । शिक्षा समितिमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल हुने जनाइएको छ ।