काठमाडौँ - नेपाल भ्रमणमा रहेको आयरल्याण्डको संसदको माथिल्लो सदनका अध्यक्षको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेको छ ।
अध्यक्ष जेरी बटिमारको टोली आज बिहान बालुवाटार पुगेको थियो । भेटमा आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । यसअघि हिजो उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।