काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् ।
३०२ औँ पृथ्वी जयन्ती एव राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भृकुटीमण्डपमा गरेको जलपान समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन् । यस्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि कार्यक्रममा सहभागी भएका छन् ।