काठमाण्डौँ - सरकारको मन्त्रिपरिषद बैठकले २५ वटा निर्णय गरेको छ ।
बिहीबार बसेको बैठकले २५ वटा निर्णय गरेको हो ।
बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपेरिन्स शेयरिङ भिजिटमा जान राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीलाई स्वीकृति दिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसिया जान स्वीकृति दिएको छ। भ्रष्टाचार निवारण सम्बन्धी तालिममा सहभागी हुन उनी भ्रमणमा जान लागेकी हुन् ।
विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ९० लाख २४ हजार ३१२ अमेरिकी डलर करिब एक अर्ब २० करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।