काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।
प्रदेश प्रमुख तिलक परियारले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
कँडेल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।