काठमाडौँ । एक लाख रुपैयाँ घुससहित नापी कार्यालय कलंकीका सर्भेक्षक पक्राउ परेका छन् ।
बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले उनीसँगै राजधानी लेखापढी सेवाका कर्मचारी नेत्रबहादुर पोखरेललाई एक लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
चौलागाई र पोखरेलले जग्गा हालसाविक तथा कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइसकको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।