काठमाडौँ । पूर्व डीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार राति डिआइजीको शंखमुलस्थित घरमा छापा मारेको हो ।
सूर्यदर्शन सहकारीसँग सम्बन्धित विवरण भएको एउटा विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ । पोखरा प्रहरीको टोलीले काठमाडौँ प्रहरीको सहयोगमा काठमाडौँको शंखमूलबाट बचतकर्ताको विवरण रहेको आशंका गरिएको विद्युतीय उपकरण नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी स्रोतले बताएको छ ।
पूर्व डीआईजी जोशी फरार रहेका सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईका पार्टनर हुन् । ग्यालेक्सी टेलिभिजनमा जोशीको पनि लगानी थियो ।